नियम ५०
सञ्चार माध्यमस“ग सम्पर्क राख्न नहुने
(१) प्रहरी कर्मचारीले प्रमुखकोे अनुमति प्राप्त नगरी कुनै सञ्चार माध्यम मार्फत आफ्नो वास्तविक वा काल्पनिक नामबाट कुनै लेख रचना प्रकाशन एवं प्रसारण गर्न गराउन हुदैन । तर प्रमुखको अनुमतिमा कार्यालयको गतिविधि सम्बन्धी जानकारी वा सूचना प्रवाह गर्न बाधा पर्ने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि साहित्यिक, कलात्मक, ऐतिहासिक, वैज्ञानिक र व्यावसायिक विषयको लेख प्रकाशन वा प्रसारण गर्न सकिनेछ । त्यसरी लेख प्रकाशन वा प्रसारण गरेपछि सोको जानकारी केन्द्रलाई गराउनु पर्नेछ ।